ad ad

खेल


युरोकप : क्रोएसिया र अल्बानियाको रोमाञ्चक बराबरी

युरोकप : क्रोएसिया र अल्बानियाको रोमाञ्चक बराबरी

नेपालखबर
असार ६, २०८१ बिहिबार ६:२७, काठमाडौँ

युरोकप २०२४ अन्तर्गत समूह बीको खेलमा क्रोएसिया र अल्बानियाले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।

बुधबार राति भएको समूह बीको खेलमा क्रोएसिया र अल्बानियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्। 

समूह चरणको दोस्रो खेलमा अंक बाँडेसँगै अल्बानिया अंक तालिकाको तेस्रो र क्रोएसिया चौथो स्थानमा छन्। 

हारनजिक रहेको अल्बानियाले अन्तिम समयमा गोल फर्काउँदै रोमाञ्चक बराबरी गरेको हो। 

खेलको ११औँ मिनेटमा कासिम लासीको हेडर गोलमा अल्बानियाले सुरुवाती अग्रता बनाएको थियो।

पहिलो हाफमा अग्रता बनाएको अल्बानियाले दोस्रो हाफमा भने गोल खान पुग्यो। खेलको ७४औँ मिनेटमा आन्द्रेज क्रामारिचको गोलमा क्रोएसिया बराबरीमा आएको थियो।

तर त्यसको दुई मिनेटमा नै क्लाउस जासुलाको गोलमा आत्मघाती गोलमा क्रोएसियाले अग्रता बनायो।

क्लियर भइसकेको बल जासुलालाई लाग्दै गोलमा परिणत भएपछि क्रोएसियाले अग्रता बनायो। तर खेलको इन्ज्युरी समयमा जासुलाकै गोलमा अल्बानियाले रोमाञ्चक बराबरी गर्दै अंक बाँडेको हो। 

युरोकपमा आज (बिहीबार) तीन खेल हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .