ad ad

बागमती


१७ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परे प्रहरी जवान, अनुसन्धान जारी

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परे प्रहरी जवान, अनुसन्धान जारी

नेपालखबर
असार ७, २०८१ शुक्रबार १४:१७, मकवानपुर (हेटौंडा)

मकवानपुरकी एक किशोरी प्रहरी जवानबाटै बलात्कारमा परेको घटना बाहिरिएको छ।

जिल्लाको कैलाश गाउँपालिकाको प्रहरी चौकी भार्ता–३ मा कार्यरत २४ वर्षीय सन्तोष बोटले सोही स्थानकी कक्षा ८ मा अध्ययनरत १७ वर्षीया नाबालिकालाई प्रहरी चौकीभित्रै जबरजस्ती करणी गरेको आरोपसहित किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार, पीडित किशोरीले गत जेठ १६ गते किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीमा गत जेठ ११ गते राती करिब १ बजे पीडित नाबालिकालाई छात्रावासभित्रै जबरजस्ती करणी गरेको र त्यसअघि पनि प्रहरीचौकीभित्रै रहेको भान्सा कोठामा पटकपटक बलात्कारमा परेको किशोरीले उल्लेख गरेकी छिन्।

प्रहरीले उक्त किटानी जाहेरीपछि आरोपित प्रहरी जवानलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा ति पीडित भनिएकी नाबालिका र प्रहरी जवान बोटबीच केही महिनादेखि प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूबीचमा फोनमा सम्पर्क हुने तथा प्रेमपत्र आदानप्रदान हुने गरेको समेत तथ्य फेला पारेको प्रहरीले जनाएको छ।

‘जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा जाहेरी दर्ता भएलगत्तै अनुसन्धान सरु गरेका थियौँ,’ प्रहरी प्रमुख रिजालले भने, ‘अनुसन्धानको क्रममा दुवैबीच करिब ७/८ महिनादेखि प्रेम सम्बन्ध रहेको समेत खुल्न आएको छ। उनीहरूबीच आदनप्रदान भएका प्रेम पत्रहरूसमेत फेला पारेका छौँ।’ 

यद्यपि, घटनाबारे थप अनुसन्धान भैरहेको र आरोपित बोटलाई सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .