आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाले दोस्रो विकेट गुमाएको छ।
दक्षिण अफ्रिकाले तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको हो।
दक्षिण अफ्रिकाले पहिलो विकेटका रुपमा दोस्रो ओभरमो तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई गुमाएको थियो।
भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तेस्रो ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा १२ रन बनाएर खेलिरहेको छ।
क्रिजमा क्वीन्टन डी कक २ रनमा अविजित छन्।
भारतका लागि जसप्रित बुमराह र अर्षदिप सिंहले समान एक विकेट लिए।
207
Shares
प्रतिक्रिया