ad ad

खेल


सेनाका पाल र साहु बने पहिलो रात्री दौड विजेता

सेनाका पाल र साहु बने पहिलो रात्री दौड विजेता

नेपालखबर
असोज ४, २०८१ शुक्रबार ६:५९, नेपालगन्ज

नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ः०७ः२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्। 

यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए। सन्तोषले ३२ः४८ः४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२ः५४ः६३ मिनेटमा दौड पूरा गरि तृतीय भएका थिए।

धारा नेपालगन्ज म्याराथनको दसौँ संस्करण विशेष बनाउन ‘दसौँमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन्। 

उनले ५९ः१६स्५२ मिनेटमा दुरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१ः०६ः३७ मिनेटमा दुरी पूरा गरि दोस्रो भइन् । सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन्।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे। 

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे । रात्री दौड जीवनमा पहिलोपटक दौड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताएका छन ।

‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ,’ पालले भने, ‘रात्री दौडको मज्जा नै बेग्लै हुने रहेछ।’

उता, पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीता साहुले आफुले नसोचेको नतिजा हात पार्दा निकै खुशी भएको बताइन्।

'पहिलोपटक यति धेरै पैसा जितेकी छु ।' उनलेे भनिन् -'याे पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु।'

भेट्रान पुरुष तर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८:५६:२३ मिनेटमा लिंदै दाेस्राे तथा महेन्द्र बज्राचार्य ४९:१९:२५ मिनेट लिंदै तेस्राे भए। 

लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे। भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दाैडमा आकर्षित गरिरहन आफू दाैडिरहेकाे प्रतिक्रिया दिए । राति दाैड्दा फरक अनुभुति हुने रहेछ।' 

उनलेे भने-'धेरैभन्दा धेरै दाैडमा भाग लिनुपर्छ, यसको आकर्षण बढ्दै जानेछ।'
नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दाैड बीपीको चाेम, धम्बाेजी चाेक, पुष्पलाल चाेक, कारकादाे चाेक हुँदै राँझा नजिकै पुगेर पुन: साेही रुटमा बीपी चाेक पुगेपछि दाैड सम्पन्न भएको थियोे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .