ad ad

खेल


यू-२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

यू-२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

नेपालखबर
असार १९, २०८१ बुधबार १७:२२, काठमाडौँ

नेपालको यू-२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको हो।

श्रेष्ठले ए डिभिजन टोली थ्रीस्टार र फ्रेण्ड्स क्लबको प्रशिक्षण सम्हालिसकेका छन्।

यस्तै टोलीको सहायक प्रशिक्षकमा सशिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन्। उनीहरुलाई एन्फा उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले नियुक्ती पत्र दिएका थिए।

नेपाली युवा टोलीले आगामी अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा हुने साफ यू–२० च्याम्पियनसिप खेल्दैछ। प्रतियोगिताका लागिअहिले केन्द्रिय छनोट चलिरहेको छ।
छनोटमा देशभरका करिब ४ सय खेलाडी सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .