ad ad

खेल


कोलोम्बियासँग बराबरी खेल्दै ब्राजिल क्वार्टरफाइनलमा

कोलोम्बियासँग बराबरी खेल्दै ब्राजिल क्वार्टरफाइनलमा

नेपालखबर
असार १९, २०८१ बुधबार ९:३१, काठमाडौँ

कोलोम्बियासँग बराबरी खेल्दै ब्राजिल समूह उपविजेताका रूपमा कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

बुधबार बिहान भएको समूह डीको खेलमा ब्राजिल र कोलोम्बियाले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। 

खेलको पहिलो हाफमै अग्रता लिएको ब्राजिलले त्यसलाई जोगाउन नसक्दा कोलोम्बियासँग अंक बाँड्न बाध्य भएको हो।

पहिलो हाफको १२औँ मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले सुरुवाती अग्रता लिएको थियो।

तर पहिलो हाफको इन्ज्युरी समयमा कोलम्बियाले गोल फर्कायो। इन्ज्युरी समयको दोस्रो मिनेटमा कोलम्बियाका डानियल मुनोजले गोल हानेका हुन्। तर दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो।‍ 

बराबरीसँगै समूह डीमा रहेको कोलोम्बिया समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो।

समूह चरणका तीन खेलमा कोलोम्बियाले २ मा जित र एकमा बराबर गर्दै ७ अंक बनाएको छ।

समान खेलबाट ब्राजिल भने १ मा जित र २ बराबरी गर्दै ५ अंकसहित दोस्रो स्थानमा छ। 

आजै बिहान भएको सोही समूहको अर्को खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ गोल अन्तरले हराएको छ।

तर खेल जितेर पनि अंकतालिकाको तेस्रो स्थानमा रहँदै कोस्टारिका समूह चरणबाटै बाहिरिएको छ।

समान खेलबाट कोस्टारिकाले ३ अंक बनाउँदा जितविहीन पाराग्वे भने बिनाअंक पुछारमा पर्दै घर फर्किएको छ। 

समूह डीको खेलसँगै कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

क्वार्टरफाइनलका खेल शुक्रबार सुरु हुनेछ। 

कोपा अमेरिकाको पहिलो क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इकवेडरसँग खेल्नेछ।

दोस्रो क्वार्टरफाइनलमा क्यानडा र भेनेजुयता तथा अर्को खेलमा कोलोम्बिया र पानाभा भिड्नेछन्। 

अन्तिम क्वार्टरफाइनलमा उरुग्वेले ब्राजिलको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .