नेपाल भलिबल संघ (एनभीए) ले ‘एभरेस्ट महिला भलिबल लिग’ को स्वीकृति दिएको छ। शुक्रबार इन्फिनिटी ड्रिम्स प्रालिलाई आधिकारिक रुपमा लिग सञ्चालनको स्वीकृति दिएको हो।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले इन्फिनिटी ड्रिम्स प्रालिलाई देशभर लिग आयोजना गर्ने अधिकार दिइएको जानकारी गराए।
यो लिगमा पहिलो वर्ष ६ फ्रेन्चाइज टिम हुनेछ भने अर्को वर्ष ८ टिम हुनेछ। लिग गर्नका लागि इन्फिनिटीले भलिबल संघलाई २५ लाख दिनेछ।
सुरुको ३ वर्षमा २५ लाखमा १० प्रतिशत र त्यसपछि २० प्रतिशत थपिने जनाइएको छ।
साथै, उनले देशका महिलाहरूलाई भलिबलमार्फत सशक्त बनाउने कार्यक्रममा सँगै हिँड्ने चन्दले प्रतिवद्धता जनाए।
लिगले भलिबलप्रति युवा खेलाडीहरूलाई राष्ट्रियस्तरमा आकर्षित गर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा ठूलो प्लेटफर्म मिल्ने उनको विश्वास थियो।
Shares
प्रतिक्रिया