ad ad

खेल


सेडास कप : बन्द प्रशिक्षणबाट फर्कियो महिला फुटबल टोली

सेडास कप : बन्द प्रशिक्षणबाट फर्कियो महिला फुटबल टोली

महिला फुटबल टोली प्रशिक्षणमा। तस्बिर : एन्फा


नेपालखबर
असार २१, २०८१ शुक्रबार १३:१८, काठमाडौँ

लेबनानमा हुने भनेको सेडास महिला कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली घर फर्किएको छ। 

वाफ च्याम्पियनसिपको विजेता जोर्डन, लेवनान, बंगलादेश र नेपाल सम्मिलित चार टोली सहभागी सेडास कपका लागि भनेर टोली करिब १ महिना बन्द प्रशिक्षणमा रह्यो।

प्रतियोगिताका लागि एन्फाले २२ सदस्यीय अन्तिम टोलीको घोषणा समेत गरेको थियो। सेडास कपबाट नाम फिर्ता लिएको नेपालले भुटानमा प्रतियोगिता आयोजना गर्न प्रस्ताव राखेको थियो। 

तर भुटानले समय अभाव देखाउँदै प्रतियोगिता आयोजना गर्न नमानेपछि महिला टोली प्रतियोगिताविहीन हुन पुगेको थियो।

महिला टोली प्रतियोगिताविहीन भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महिला टोलीलाई घर फर्काएको हो। 

एन्फाले शुक्रबार अबको १ महिनाका लागि महिला टोलीलाई रिलिज गरेको हो। एन्फाले रिलिज गरेसँगै खेलाडी घर फर्कने तयारीमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .