ad ad

खेल


रिङ करिअरबाट अर्को वर्ष संन्यास लिँदै जोन सिना

रिङ करिअरबाट अर्को वर्ष संन्यास लिँदै जोन सिना

जोन सिनाले संन्यास लिने भएका छन्। तस्बिर : रोयटर्स


नेपालखबर
असार २३, २०८१ आइतबार १५:४९, काठमाडौँ

विश्व रेस्लिङका हस्ती जोन सिनाले सन् २०२५ मा रिङ करिअरबाट विदा लिने निर्णय गरेका छन्। 

खेल जीवनबाट सन्न्यास लिएपछि क्यानडा फर्किएर रेस्लिङ सिकाउने योजना सार्वजनिक गरेका हुन्। 

सन् २००१ मा वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टमा साइन गरेका उनले सन् २०२५ को च्याम्पियनसिप खेलेर सन्न्यास लिने योजना बनाएका छन्। १६ पटकका विश्व च्याम्पियन उनी अहिलेसम्मको सबै समयका उत्कृष्ट रेस्लर हुन्। 

सन् १९९८ मा बडिविल्डिङ छाड्दै उनी व्यवसायिक रेस्लर बनेका थिए। सन् १९९९ मा अल्टिमेट प्रो रेस्लिङमा डेब्यु गरेका थिए।

उनले १३ पटक डब्लुडब्लुई च्याम्पियनसिप जित्नुका साथै ३ पटक विश्व हेभिवेट च्याम्पियनसिप जितेका थिए। 

पाँच पटकको डब्लुडब्लुई युनाइटेड स्टेट च्याम्पियन जितेका उनले अन्य थुप्रै उपाधि जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .