ad ad

खेल


सम्झनाको विस्फोटक ब्याटिङमा एसिया कपमा नेपालको विजयी सुरुवात

सम्झनाको विस्फोटक ब्याटिङमा एसिया कपमा नेपालको विजयी सुरुवात

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १७:३२, काठमाडौँ

श्रीलंकामा आजदेखि सुरु भएको महिला एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ। 

पहिलो खेलमा यूएईविरुद्ध नेपालले २३ बल बाँकी छँदै ६ विकेटको जित दर्ता गरेको हो। 

खेलमा सम्झना खड्काले विस्फोटक ब्याटिङ गर्दै ४५ बलमा ७२ रन जोडिन्। उनले आफ्नो इनिङमा ११ वटा चौका प्रहार गरेकी थिइन्। 

यसबाहेक नेपालका लागि सीता राना मगरले ७, कविता कुँवरले २, इन्दु बर्माले ६, रुबिना क्षेत्रीले १० र पुजा महतोले ७ रन जोडे। यूएईले नेपाललाई १४ अतिरिक्त रन दिएको थियो। 

यूएईका लागि काविशा एगोडेजले ३ विकेट झार्दा लावण्या केनीले १ विकेट लिएकी थिइन्। 

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेल्दै ८ विकेट क्षतिमा ११५ रन मात्र बनाएको थियो। नेपालले ४ विकेट क्षतिमा यूएईले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पूरा गर्‍यो। 

यूएईका लागि खुसी शर्माले ३६ र काविशा एगोडेजले २२ रन बनाउनेबाहेक अरुले धेरै रन जोड्न सकेनन्। ईशा ओजा १०, तीर्थ सतिश ९, रिनिथा राजिथ ६, सामिरा धार्निधार्का १३, हिना हचन्दनी ९, वैष्णवी महेश ०, रितिका राजिथ ६ र लावण्या केनीले २ रन जोडे। नेपालले अतिरिक्त २ रन दिएको थियो। 

बलिङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट र सबनम राई र कृतिका मरासिनीले समान १ विकेट झारे। 

खेलमा नेपालकी सम्झना प्लेयर अफ द म्याच भइन्। जितसँगै समूह एमा रहेको नेपालले २ अंक जोडेको छ। नेपालले अब भारत र पाकिस्तानसँग खेल्न बाँकी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .