श्रीलंकामा जारी एसीसी महिला एशिया कप २०२४ मा आज (आइतबार) नेपाल र पाकिस्तान भिड्दैछन्।
खेल श्रीलंकाको दाम्बुलामा राति सवा ७ बजे सुरु हुनेछ।
नेपाल आजको खेलमा पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ।
पाकिस्तान नेपालका लागि कठिन टोली रहे पनि जारी एसिया कपमा ऐतिहासिक यात्रालाई कायम राख्न चाहन्छ। एसिया कपको पहिलो खेलमा यूएईमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ।
यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको नेपालका लागि यूएईविरुद्धको जित पहिलो थियो। यसअघिका सबै खेलमा नेपाल पराजित भएको थियो। त्यसैले नेपाल यो पटक उत्कृष्ट प्रर्दशन गर्दै नयाँ इतिहास कायम गर्न चाहन्छ।
उता समूह चरणको पहिलो खेलमा पाकिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो। त्यसैले नेपालविरुद्ध जित निकाल्दै पाकिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ।
Shares
प्रतिक्रिया