रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला भलिबल टोली पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।
पहिलो सेट २५–१७ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट लगातार २५–१९ र २५–१५ ले गुमाउन पुग्यो।
काभाको नेसन्स लिगको तयारीका लागि नेपालले रसियन टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो।
दोस्रो मैत्रीपुर्ण खेल भोलि सोमबार हुनेछ।
48
Shares
प्रतिक्रिया