एसीसी महिला एसिया कप क्रिकेटमा पाकिस्तानसामु नेपालले १ सय ९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
रंगिरी डमुल्ला क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रनको योगफल तयार पारेको हो।
छैटौँ विकेटका लागि पुजा महतो र कविता जोशीले ३४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे।
२३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी कविता जोशी ३१ रनमा अविजित रहिन्।
३२ बलमा ३ चौका प्रहार गरेकी पुजा २५ रन बनाउँदा रनआउट भईन्।
सिता रानामगर २६ रन बनाउँदा रन आउट भइन्। उनले ३० बलमा ३ चौका प्रहार गरिन्।
कविता कुवँर १३ रन बनाउँदा क्याच आउट भइन्। कप्तान इन्दु बर्मा शुन्य रनमा नै बोल्ड आउट भइन्। रुविना क्षेत्री ८ रनमा रनआउट रहिन्।
नेपाललाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि सादिया इकवालले २ तथा फतिमा सनाले १ विकेट झारिन्।
Shares
प्रतिक्रिया