ad ad

खेल


यसरी गरियो ओलम्पिक उद्घाटन

यसरी गरियो ओलम्पिक उद्घाटन

नेपालखबर
साउन १२, २०८१ शनिबार ८:१४, काठमाडौँ

फ्रान्सको राजधानी पेरिसमा ओलम्पिक-२०२४ को भव्य तरिकाले उद्घाटन गरिएको छ।

गएराति हजारौँ खेलाडी, प्रशिक्षक र पर्यवेक्षकको उपस्थितिमा सेन नदीको किनारमा भव्य समारोह आयोजना गरी ओलम्पिकको उद्घाटन गरिएको हो।

विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिकमा सहभागी हुन नेपालसहित विभिन्न देशबाट हजारौँ खेलाडी पेरिस पुगेका छन्। 

फ्रान्सेली जुडोका टेडी राइनर र स्प्रिन्टर मारी–जोस पेरेकले तातो हावाको बेलुन उडाए। 

झन्डै ६ हजार ८ सय खेलाडी ८५ वटा डुंगामा सवार भई उद्घाटन समारोहमा सहभागी भए। 

लगभग ४ घण्टा चलेको उद्घाटन समारोहमा अमेरिकी गायिका लेडी गागा र क्यानेडेली आइकन सेलिन डियोनले प्रस्तुति दिए।

फ्रान्सेली इतिहासमा पहिलोपटक २ हजार कलाकारले प्रस्तुति दिएका थिए। ३३औँ समर ओलम्पिकमा  १० हजार ५ सय खेलाडीले  ३२ खेलमा स्पर्धा गर्दै छन्। पेरिस अ‍ोलम्पिकको समापन अगस्ट ११ मा हुनेछ। 

ओलम्पिकको औपचारिक उद्घाटनअघि नै खेल भने सुरु भइसकेका छन्।

ओलम्पिकमा आज (शनिबार) नेपालका टेबल टेनिस स्टार स्यान्टु श्रेष्ठ र ब्याडमिन्टन स्टार प्रिन्स दाहालले प्रतिस्पर्धा गर्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .