पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबल टेनिसमा नेपाली स्टार स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन्।
शनिबार भएको खेलमा स्यान्टु सेनेगलका इब्राहिमा डियासँग पराजित भएका हुन्। स्यान्टु डियासँगको खेलमा १०–१२, ३–११, ४–११ र ५–११ ले पराजित भए।
नेपालमा भएको दक्षिण एसियाली छनोट चरण पार गर्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरेका थिए।
उनी नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन्। टेवल टेनिसमा भने स्यान्टु पहिलो खेलाडी हुन्।
सन् १९६४ बाट ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको नेपालका लागि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिकमा र दिपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागिता जनाएका थिए।
ब्याडमिन्टनका प्रिन्स दाहालको खेल आज राति हुँदैछ।
105
Shares
प्रतिक्रिया