घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स लिगमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्धको पुनः अग्रता बनाएको छ।
भारतविरुद्ध नेपालले पहिलो पटक २ सेट जितेको हो। यो भारतविरुद्ध नेपालको पहिलो ऐतिहासिक जित पनि हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी शनिबारको पहिलो खेलका नेपालले २–१ को अग्रता बनाएको छ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुग्यो।
तेस्रो सेट नेपालले २५–१७ ले आफ्नो पक्षमा पारेको हो।
खेलको सुरुवातबाट नै भारतीय टोलीलाई दबाबमा राखेको नेपालले पहिलो सेटमा जित हात पारेको हो।
तर दोस्रो सेटमा भने लगातार अंक गुमाउँदा नेपालले सेट गुमाउन पुग्यो। नेपालले आफ्नै गल्तीले अंक् गुमाउन पुग्यो। भारतले एक सेट जितेसँगै खेल चौथो सेटमा लम्बिएको छ।
भारतीय टोलीसँगको अहिलेसम्मको खेलमा नेपालले पहिलो पटक पहिलो सेट आफ्नो पक्षमा पारेको हो।
नेपालले यसअघि सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले एक सेट जितेको थियो।
Shares
प्रतिक्रिया