काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा इरानले लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा इरानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो।
इरानले मालदिभ्सलाई २५–२१,२५–२० र २५–१६ ले पाखा लगायो।
आजै भएको पहिलो खेलमा नेपालले भारतमाथि ३–२ को सेटमा पराजित गर्दै ऐतिहासिक जित निकालेको छ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुग्यो।
तेस्रो सेटमा नेपालले २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गरेको थियो।
तर चौथो सेट भने नेपालले २५–१८ ले गुमायो। प्रतिस्पर्धात्मक पाँचौँ तथा अन्तिम सेट १५–१३ ले नेपालले आफ्नो पक्षमा पार्दै ऐतिहासिक जित दर्ता गरेको हो।
147
Shares
प्रतिक्रिया