ad ad

खेल


पेरिस ओलम्पिक : पदक तालिकामा कुन देश अगाडि?

पेरिस ओलम्पिक : पदक तालिकामा कुन देश अगाडि?

नेपालखबर
साउन २०, २०८१ आइतबार १८:५१, काठमाडौँ

पेरिस ओलम्पिक सुरु भएको ९ दिन पुगिसकेको छ। पदकका लागि हरेक मुलुकका खेलाडीले दिलोज्यान दिइरहेका छन्।

अहिले पदक तालिकाको शीर्षमा चीन छ। उसले १६ स्वर्ण, १२ रजत र ९ कास्यसहित ३७ पदक जितेको छ। उसले सुटिङ र डाइभिङमा ४–४ स्वर्ण पाएको छ।

१४ स्वर्ण जितेको अमेरिकाले २४ रजत र २३ कास्य हात पारेको छ। सबैभन्दा बढी ६१ पदक उसको नाममा छ। अमेरिकाले सबैभन्दा ज्यादा स्विमिङमा ६ स्वर्ण जितेको छ।

तेस्रो स्थानमा आयोजक फ्रान्स छ। उसले १२ स्वर्ण, १४ रजत र १६ कास्य हात पारेको छ।

१२ स्वर्ण, ८ रजत र ७ कास्यसहित अस्ट्रेलिया चौथो स्थानमा छ भने पाँचौँ स्थानमा बेलायत छ, जसले १० स्वर्ण, १० रजत र १४ कास्य जितेको छ।

हालसम्म ४० देशले स्वर्ण जितेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .