ad ad

खेल


‘दशरथ रंगशालाको जिम्मा एन्फाले पाउनुपर्छ’

‘दशरथ रंगशालाको जिम्मा एन्फाले पाउनुपर्छ’

एन्फा उपाध्यक्ष दीपक खतिवडा। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन ३१, २०८१ बिहिबार १७:४, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले दशरथ रगंशाला संरक्षणको जिम्मेवारी आफूहरुले पाउनु पर्ने बताएका छन्।

बिहीबार साफ यू–२० च्याम्पियनसिपको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष खतिवडाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मैदान संरक्षणको जिम्मेवारी खोसेपछि पनि सुधार हुन नसकेकाले आफुहरुले पाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘एन्फाले विगतमा प्रतियोगिता गर्दा १ डेढ महिनादेखि तयारी गरिरहेको हुन्थ्यो। तर अहिले राखेपले जसरी आफैले रगंशालाको जिम्मेवारी लिएको छ। एन्फाले स्वामित्व लिएर मैदानको संरक्षण गर्नका लागि सरकारसँग पनि जादैछौँ। भुटानको पारो एफसीसँग देखिएको अवस्था अन्य खेलमा नदेखियोस् भन्नेमा एन्फा सचेत छ।’

राखेपले मैदान संरक्षणको जिम्मेवारी एन्फाबाट खोसेपछि प्रतियोगिता आयोजना गर्दा आयोजकबाट पैसा माग्ने गरेको छ।  

तर एन्फा उपाध्यक्ष खतिवडाले आफूहरु राखेपलाई शुल्क तिर्ने पक्षमा नरहेको बताए।

उनले भने, ‘राखेपले मैदानको जिम्मा खोसेर एन्फासँग पैसा लिने योजना बनाएको छ। मर्मतको निम्ति कति खर्च हुन्छ त्यो खर्च गर्न हामी तयार छौँ तर राखेपलाई प्रतियोगिता गरे बापत पैसा दिदैनौँ।’

रगंशालामा पछिल्लो समय फुटबलभन्दा रग्वीको खेल आयोजना हुँदै आएको छ। रग्वी खेलका कारण रगंशालाको मैदानमा खाडल नै खाडल छ। फुटबलका लागि बनाइएको मैदानमा रग्वी र अन्य खेलहरु हुन हुँदैन। अब महिला साफ अगाडि त्यो मैदानमा रग्वीका कुनै प्रतियोगिता गराउन नहुने उपाध्यक्ष खतिवडाले बताए।

यसैबीच एन्फाले आफ्नै रगंशाला बनाउनका लागि जग्गा खोजीमा जुटिसकेको छ।

‘नेपाल सरकार र एन्फाले जग्गा मिलाउन सक्ने हो भने फिफा र एफसीले सहयोग गर्छ भनेर पत्र पनि आएको छ’ उनले भने, ‘त्यसका लागि गोदावरी, भक्तपुर लगायतका ठाउँमा जग्गा हेरिरहेका छौँ। यसमा एन्फाले पनि जिम्मेवार महसुस गरेको छ। जग्गाको व्यवस्थापन गर्न सकियो भने एन्फाको आफ्नै रगंशाला हुनेछ।’

खतिवडाले फुटबल खेल्ने मैदानमा अन्य खेलहरु नगराउनका लागि पनि ध्यानाकर्षण गराएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .