ad ad

खेल


एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

फाइल फोटो


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १९:४२, काठमाडौँ

एभरेस्ट महिला भलिबल लिगमा सहभागी ६ टोलीका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै टोलीमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो।

गत साता टोलीको मार्की खेलाडी घोषणा भएको थियो।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले काठमाडौंको टोलीको प्रशिक्षण सम्हाल्नेछन्। काठमाडौंको मार्की खेलाडीमा उषा भण्डारी रहेकी छिन्।

न्यु डायमण्ड महिला भलिबल क्लबका मुख्य प्रशिक्षक कुमार राईले कर्णाली प्रदेशको टोली हेर्नेछन्। कर्णालीको मार्की खेलाडीमा उदियमान मिडल ब्लकर सुमित्रा रेग्मी मार्की खेलाडी छिन्।

मधेशको टोली भरत यादवले हेर्दा निरुता ठगुन्ना मार्की खेलाडी छिन्। सलिना श्रेष्ठ मार्की खेलाडी रहेको ललितपुरको प्रशिक्षण उत्सव खड्काले हेर्नेछन्। राष्ट्रिय टोलीका कप्तान अरुणा शाही मार्की खेलाडी रहेको चितवनको प्रशिक्षण अर्जुन घिमिरेले सम्हाल्नेछन्।

सरस्वती चौधरी मार्की खेलाडी रहेको गण्डकीको टोलीको प्रशिक्षकमा रुपेश विष्ट रहेका छन्।

टोलीले सार्वजनिक गरेको नामबाहेक अब हरेक टोलीले ट्यालेन्ट हन्टबाट कम्तीमा १ खेलाडी छनोट गर्दा ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ।

इन्फिनिटीले नेपाल भलिबल संघसँगको समन्वयमा खेलाडीको नाम सार्वजनिक गरेको हो। यस्तै प्रालिले संघसँगैको समन्वयमा खेलाडीको श्रेणी विभाजन गर्दै मूल्य पनि तोकेको छ।

जसमा ए श्रेणीका खेलाडीले १ लाख ५० हजार, बी श्रेणीका खेलाडीले १ लाख र सी श्रेणीका खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्।

शुक्रबार सार्वजनिक गरिएको टोलीका खेलाडी निम्न प्रकार छन्।

टिम गण्डकी : सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बी’, लक्ष्मी चन्द ‘बी’, रिमा कुँवर ‘बी’, कविता भट्ट ‘बी’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’
प्रशिक्षकः रुपेश कुमार विष्ट

टिम काठमाडौं : उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बी’, कोपिला राना ‘बी’, कमला पुन ‘बी’, उषा विष्ट ‘बी’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’
प्रशिक्षकः  जगदीश भट्ट

टिम मधेश : निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बी’, संगम महतो ‘बी’, शान्ति तामाङ ‘बी’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’
प्रशिक्षकः भरत यादव

टिम ललितपुर : सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बी’, कामना विष्ट ‘बी’, सफिया पुन ‘बी’, निशा चौधरी ‘बी’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’
प्रशिक्षकः उत्सव खड्का

टिम कर्णाली : सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बी’, मनिषा चौधरी ‘बी’, यमुना रसाइली ‘बी’, सुनिता राई ‘बी’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’
प्रशिक्षकः कुमार राई

टिम चितवन : अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बी’, जेनिशा विश्वकर्मा ‘बी’, एन्जिला प्रधान ‘बी’, सुनिता खड्का ‘बी’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’
प्रशिक्षकः  अर्जुन घिमिरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .