ad ad

खेल


फ्रेन्च लिग १ मा पीएसजीको सानदार सुरुवात

फ्रेन्च लिग १ मा पीएसजीको सानदार सुरुवात

नेपालखबर
भदौ १, २०८१ शनिबार ६:१५, काठमाडौँ

फ्रान्सेली स्टार केलियन एमबाप्पे यसै सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै रियल मड्रिड पुगेपछि फ्रेन्च लिग १ मा पीएसजीले सानदार सुरुवात गरेको छ। 

शुक्रबार राति भएको खेलमा पीएसजीले ले हाभ्रेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो। 

फरवार्ड ली काङ–इनले सुरुवातको तेस्रो मिनेटमा नै गोन्कालो रामोसको पासमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको पीएसजीले दोस्रो मिनेटमा नै गोल खान पुग्यो। खेलको ४८ औँ मिनेटमा गौटिएर लोरिसले बराबरी गोल फर्काए। 

त्यसपछि गोलका लागि केही संर्घष गरेको पीएसजीले अग्रता बनाउन खेलको ८५ मिनेटसम्म पुग्नु परेको थियो। 

खेलको ८५ औँ मिनेटमा ओस्मान डेम्बेलेको गोलमा पीएसजीले खेलमा २–१ को अग्रता बनायो। 

लगत्तै ब्राडली बारकोलाले गोल गर्दै पिएसजीको अग्रता फराकिलो पारे। त्यसपछि ९० औँ मिनेटमा रान्डल कोलो मुआनीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सहज जित दिलाए। 

पीएसजीका लागि २ सय ४४ गोल गरेका कीर्तिमानी गोलकर्ता एमबाप्पे फ्रान्सेली क्लबसँगको सम्झौता सकिएपछि यही समयमा ५ वर्षका लागि रियल मड्रिड पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .