ad ad

खेल


यू-१९ विश्वकपको एसिया छनोट नेपालले आयोजना गर्ने

यू-१९ विश्वकपको एसिया छनोट नेपालले आयोजना गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८१ शनिबार ११:१३, काठमाडौँ

नेपालले सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दिएको हो। 

नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो। 

एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुनेछ।

एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन्। 

एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्नु नेपाली क्रिकेटका लागि कोसेढ‌ुंगा हुने क्यानको दाबी छ।

छनोटमा सहभागी हुने टोलीलाई स्वागत गर्न तत्पर रहेको र अन्तराष्ट्रिय मञ्चमा आफ्नो जोस देखाउन तयार रहेको क्यानले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .