ad ad

खेल


काभा यू–२० मेन्स भलिबलका लागि १८ सदस्यीय प्रारम्भिक टोली घोषणा

काभा यू–२० मेन्स भलिबलका लागि १८ सदस्यीय प्रारम्भिक टोली घोषणा

नेपालखबर
भदौ २, २०८१ आइतबार १७:४३, काठमाडौँ

श्रीलंकाको कोलोम्बोमा हुने काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपका लागि १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। 

नेपाल भलिबल संघले आइतबार १८ सदस्यीय प्रारम्भिक भलिबल टोलीको घोषणा गरेको हो। 

प्रारम्भिक टोलीमा गण्डकी प्रदेशका सर्वाधिक ६, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका समान ४, बागमती, कोशी, कर्णाली, मधेश प्रदेशका समान १ जना गरि १८ खेलाडीले स्थान बनाएका छन्। 
प्रारम्भिक चरणमा परेका खेलाडीको प्रशिक्षण भदौ ८ गतेदेखि सुरु हुनेछ। 

काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिप अक्टोबर ३ देखि ९ सम्म हुनेछ। 

प्रारम्भिक चरणमा परेका १८ सदस्यीय टोलीः 

पहल गहतराज (कर्णाली), सरोज वर्देवा (गण्डकी), शैलेन्द्र यादव (मधेश प्रदेश),सुर्य वि.क. (गण्डकी), सुनिल बोहोरा (सुदूरपश्चिम), सुरेश मल्ल (सुदूरपश्चिम), अर्जुन नेपाली (सुदूरपश्चिम), विश्वास अधिकारी (गण्डकी), लेसमन राहादी (लुम्बिनी), युक्सन थापा (गण्डकी), अशोक राना (सुदूरपश्चिम),  रेशम वि.क (लुम्बिनी), सागर रसौली (लुम्बिनी), अभिषेक थापा (कोशी), सुजन सुनार (बागमती), दिपेश कुवँर (लुम्बिनी), सौरभ फुन्जेली (गण्डकी) र जित बहादुर सार्की (गण्डकी) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .