ad ad

कारोबार


वाइवाइले जित्यो ट्रेडमार्कको मुद्दा, नक्कल नगर्न सर्वोच्चको आदेश

वाइवाइले जित्यो ट्रेडमार्कको मुद्दा, नक्कल नगर्न सर्वोच्चको आदेश

नेपालखबर
भदौ ३, २०८१ सोमबार १०:३४, काठमाडौँ

सर्वोच्च अदालतले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ।

साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो। 

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेको भन्दै यसलाई रोक्न सीजी फुड्स नेपाल अदालत गएको थियो। उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो। 

उक्त आदेशविरुद्ध यशोदा फुड्स सर्वोच्च अदालत गएको थियो। सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो।

यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको जस्तै देखिने ट्रेडमार्क प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको सीजी फुड्सको भनाइ छ। 

‘चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रियजगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले ट्रेडमार्क नक्कल गरेको’ कम्पनीको भनाइ छ। 

यशोदा फुड्सले वाइवाइको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको सीजी फुड्सको दाबी छ। कम्पनीका अनुसार उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन दर्ता प्रक्रियालाई रोक्न उद्योग विभागलाई आदेश दिएको थियो। 

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपले वाइवाइको उत्पादन नेपालका साथै विश्वका अन्य स्थानमा समेत गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .