ad ad

खेल


इंग्लिस प्रिमियर लिग : एभर्टनलाई ४ गोलले हराउँदै टोटनह्यामले निकाल्यो पहिलो जित

इंग्लिस प्रिमियर लिग : एभर्टनलाई ४ गोलले हराउँदै टोटनह्यामले निकाल्यो पहिलो जित

नेपालखबर
भदौ ८, २०८१ शनिबार २२:५१, काठमाडौँ

दक्षिण कोरियाली फरवार्ड सन ह्युङ–मिनको दुई गोल मद्दतमा टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा पहिलो जित हात पारेको छ। 

शनिबार राति घरेलु मैदान टोटनह्याम हट्सपुर स्टेडियममा भएको खेलमा एभर्टनलाई ४–० को फराकिलो अन्तरले पाखा लगाएको हो। 

पहिलो हाफको १४औँ मिनेटमा योभ्स बिसौमाको गोलमा गोलमा टोटनह्यामले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको २५ औँ मिनेटमा सनको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। पहिलो हाफमा २–० ले अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप २ गोल गर्यो। 

खेलको ७१ औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलमा घरेलु टोलीले अग्रता फराकिलो पार्यो। 

खेलको ७७ औँ मिनेटमा सनले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि चौथो गोल गर्दै अग्रता फराकिलो पारे। 

लिगमा पहिलो जित दर्ता गरेको टोटनह्याम चार अंकमा तालिकाको तेस्रो स्थानमा छ। 

शनिबार राति नै भएको खेलमा वेष्ट ह्याम युनाइटेडले क्रिस्टल प्यालेसमाथि २–० को जित दर्ता गर्यो। 

यस्तै फुलहामले लेष्टर सिटीलाई तथा ब्राइटनले म्यानचेष्टर युनाइटेडलाई समान २–१ गोल अन्तरले पाखा लगाए। 

म्यानचेष्टर सिटीले एप्सविच टाउनमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .