ad ad

खेल


हालान्डको ह्याट्रिकमा सिटीको लगातार दोस्रो जित

हालान्डको ह्याट्रिकमा सिटीको लगातार दोस्रो जित

नेपालखबर
भदौ ८, २०८१ शनिबार २२:५२, काठमाडौँ

एर्लिङ हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा लगातार जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेडले भने पहिलो हार बेहोरेको छ। 

शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा साविक विजेता सिटीले इप्सविचलाई ४–१ को फराकिलो अन्तरले हराएको हो।

सिटीको जितमा हालान्डले ह्याट्रिक पूरा गरे। खेलको १२औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हालान्डले १६ र ८८औँ मिनेटमा गोल गर्दै जारी सिजनमा पहिलो ह्याट्रिक गरेका हुन्। सिजनको सुरुवाती दुई खेलमा नै हालान्डले चार गोल गरिसके। 

२२ वर्षे इतिहासमा पहिलोपटक प्रिमियर लिग खेलेका इप्सविचका लागि पहिलो हाफको सातौँ मिनेटमा नै सामी स्ज्मोडिक्सले डेब्यु गरे। 

तर पछिल्लो पाँच मिनेटमा नै सिटीले तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो। 

खेलको १२औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा फर्काए। त्यसको दुई मिनेटपछि नै अर्थात् १४औँ मिनेटमा केभिन डि ब्रुयनको गोलमा सिटीले अग्रता बनायो। त्यसको दुई मिनेटमै केभिन डि ब्रुयनको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३–१ भयो। 

खेलको ८८औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटीलाई ४–१ को फराकिलो जित दर्ता गराए।

लगातार दोस्रो जित दर्ता गरेको सिटी अंक तालिकाको शीर्ष स्थानमा छ।

आजै राति भएको अर्को खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। 

जितसँगै ६ अंक बनाएको ब्राइटन अंक तालिकाको दोस्रो स्थानमा छ। 

पहिलो हाफको ३२औँ मिनेटमा डानी वेलबेकको गोलमा ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ६०औँ मिनेटमा अमाद डिएल्लोको गोलमा युनाइटेड खेलमा फर्किएको थियो। तर इन्ज्युरी समयको पाचौँ मिनेटमा जोआ पेद्रोको गोलमा ब्राइटनले लगातार दोस्रो जित हासिल गरेको हो। 

अर्को खेलमा नटिङघम फरेस्टले साउथहेप्टनलाई १–० गोल अन्तरले हराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .