ad ad

खेल


यी हुन् एनपीएल खेल्ने ८ टोली

यी हुन् एनपीएल खेल्ने ८ टोली

नेपालखबर
भदौ १५, २०८१ शनिबार ८:४७, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ मा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ। 

क्यानले विज्ञप्ति जारी गरी एनपीएलमा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको हो। 

देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ।

काठमाडौँमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ। 

एनपीएल मंसिर १५ देखि पुस ६ सम्म हुनेछ।

क्यानले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिँदै नेपाल टी-२० लिग आयोजना गरेको थियो।

स्पट फिक्सिङलगायतका आलोचना र विवादमा परेपछि क्यानले पहिलोपटक आफैँले फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .