वालिङ नगरपालिकालाई पराजित गर्दै कोसी प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा कोसीले वालिङलाई ४–० को फराकिलो अन्तरले पाखा लगाएको हो।
कोसीको जितमा समिक्षा मगरले दुई तथा सञ्जुमाया तामाङ र प्रतिक्षा राईले समान एक गोल गरे।
पहिलो हाफमा १ गोल गरेको कोशीले दोस्रो हाफमा थप ३ गोल गर्यो।
पहिलो हाफको १०औँ मिनेटमा सञ्जु माया तामाङको गोलमा कोशीले सुरुवाती अग्रता बनाएको थियो।
समिक्षाले खेलको ५१ र ५९ मिनेटमा गोल गरेकी थिईन्। प्रतिक्षाले ६८ मिनेटमा गोल गर्दै कोसीको अग्रता फराकिलो पारिन्।
महिला लिगमा भोलि सोमबार सुदुरपश्चिम प्रदेश र बागमती युथ क्लब खेल्नेछन्।
162
Shares
प्रतिक्रिया