संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले संकटालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।
आर्मीको जितमा विमला चौधरीले दुई तथा सावित्री देवी मगर र अनिता रम्जेलले समाक एक गोल गरे।
पहिलो हाफको १९ औँ मिनेटमा सावित्री देवी मगरको गोलमा आर्मीले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १–० ले अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप ३ गोल गर्यो। विमलाले खेलको ६१ र ७१ औँ मिनेटमा गोल गरिन्। ७६ औँ मिनेटमा अनिताले गोल थपिन्।
खेलको प्लेयर अफ दि म्याच दिपा शाही बनिन्। उनले ५ हजार रुपैयाँ प्राप्त गरिन्।
यो सँगै महिला लिगको पहिलो चरण सकिएको छ। लिगमा भोलि बिहिबार दुई खेल हुनेछ। दिनको पहिलो खेलमा बागमती प्रदेश र कोसी प्रदेश खेल्नेछन्। दोस्रो खेलमा भने वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्नेछन्।
Shares
प्रतिक्रिया