एन्फा महिला लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
आर्मीको जितमा विमला चौधरी, अमिसा कार्की र सान्जी थिङले समान एक गोल गरे।
पहिलो हाफको २६ औँ मिनेटमा विमलाको गोलमा आर्मीले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १ गोल गरेको आर्मीले दोस्रो हाफमा १ गोल थप्दा १ गोल भने उपहार स्वरुप पायो।
खेलको ६१ औँ मिनेटमा अमिसाको गोलमा आर्मीले अग्रता दोब्बर पार्यो। खेलको अन्तिम मिनेट अर्थात ९० औँ मिनेटमा सान्जीको आत्मघाति गोलमा आर्मीले ३–० को अग्रता बनायो।
बागमतीविरुद्ध आर्मीले गोलमा थुप्रै मौका बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेन।
जितसँगै आर्मी दोस्रो स्थानमा उक्लेको छ। लिगका चार खेलमा आर्मीले ३ खेलमा जित र एक खेलमा हार भोग्दै आर्मीले ९ अंक बनाएको छ।
समान खेलबाट १० अंक भएको पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा छ।
बागमती प्रदेशले भने लिगमा तेस्रो हार व्यहोरेको हो। बागमीले चार खेलमा एक खेलमा जित र तिन खेलमा हार भोग्दै ३ अंकमा तालिकाको सातौँ स्थानमा छ।
आजै हुने दोस्रो खेलमा एपीएफ फुटबल क्लब र वालिङ नगरपालिका भिड्नेछन्। अंक तालिकाका एपीएफ चौथो र वालिङ पाचौँ स्थानमा छ।
Shares
प्रतिक्रिया