एन्फा महिला लिग अन्तर्गत शनिबार दिउँसो भएका दुुई खेल नै बराबरीमा सकिएको छ।
काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दिनको दोस्रो खेलमा संकटा क्लब र कोशी प्रदेशले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
लिगको पाचौँ चरणमा आइपुग्दा कोशी प्रदेश १० अंकमा तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट संकटा भने ५ अंकमा सातौँ स्थानमा यथावत छ।
आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडे।
खेलको ४८ औँ मिनेटमा अमृता जैसीको गोलमा पुलिस क्लबले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६३ औँ मिनेटमा अमिसा कार्कीको गोलमा आर्मी हारबाट जोगियो।
पुलिस क्लबले ५ खेलबाट ११ अंक जोडेको छ। समान खेलबाट आर्मीको १० अंक भएको छ।
165
Shares
प्रतिक्रिया