ad ad

खेल


एनपीएल : सुदूरपश्चिम रोयल्समा १२ लाखमा अनुबन्ध भए अविनाश बोहोरा

एनपीएल : सुदूरपश्चिम रोयल्समा १२ लाखमा अनुबन्ध भए अविनाश बोहोरा

नेपालखबर
असोज २०, २०८१ आइतबार १७:१५, काठमाडौँ

आगामी मंसिर तेस्रो साता हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि दायाँ हाते बलर अविनाश बोहोरा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। 

काठमाडौँमा आइतबार भएको अक्सनमा बोहोरलाई खरिद गर्नका लागि कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो।

जसमा सुदूरपश्चिम रोयल्सले उनलाई १२ लाखमा खरिद गरेको हो। 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन्। 

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।

पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन।

आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .