ad ad

खेल


एपीएफद्वारा त्रिभुवन आर्मीलाई २४१ रनको लक्ष्य प्रस्तुत, हरि चौहानले लिए ५ विकेट

एपीएफद्वारा त्रिभुवन आर्मीलाई २४१ रनको लक्ष्य प्रस्तुत, हरि चौहानले लिए ५ विकेट

नेपालखबर
माघ १२, २०७७ सोमबार ७:२६,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २ सय ४१ रनको लक्ष्य दिएको छ।

आज भइरहेको दुई विभागीय टोलीबीचको खेलमा आर्मीका हरि चौहान एक्लैले ५ विकेट लिएपछि एपीएफ २ सय ४० रनमा समेटिएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे एपीएफले ४९ दशमलव ४ ओभरमा २ सय ४० रन जोड्दा अलआउट भयो।

विभागीय डर्बीमा भएको खेलमा दुवै टोली समुह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने योजनामा छन्।

अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोली अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाउन चाहन्छन्।

एपीएफका सुमित महर्जनले ४६ रनको योगदान गरे। ६८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हाने। सुवास खकुरेल ३८ रनको योगदान दिए।

२ बलको सामना गरेका खबुरेलले ६ चौका हाने। कप्तान शरद भेषावकर २४ रन जोड्दा एलबीडब्लु धरापमा परे। ५९ बलको सामना गरेका भेषावकरले २ चौका हाने।

सन्दीप जोराले २, अमर रौटेला २६, वसन्त रेग्मी २० र आशिफ शेखले ७ रन जोडे।

आर्मीका हरि चौहान एक्लैले ५ विकेट लिए। ९ दशमलव ४ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ६० रन दिए। शाहब आलमले २ तथा सुसान भारी, विक्रम शोब र आकाश चन्दले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .