कोपा अमेरिका फुटबल प्रतियोगितामा चिली र उरुग्वेले १–१ को बराबरी खेलेका छन्।
खेलको २६औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए। ६६औं मिनेटमा अर्टुरो भिदालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा रोकिएको हो।
बराबरीपछि चिली समूह ए मा ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा छ। उरुग्वेको २ खेलबाट १ अंक छ।
प्रतिक्रिया