खेल


ब्राजिलको अपराजित यात्रा कायमै, कोलम्बिया २-१ ले पराजित

 ब्राजिलको अपराजित यात्रा कायमै, कोलम्बिया २-१ ले पराजित

नेपालखबर
असार १०, २०७८ बिहिबार २:२६,

कोलम्बियालाई २-१ गोलअन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बिहीबार बिहान भएको खेलमा रोर्बटो फिरमाने र क्यासिमेरोले एक एक गोल गरे। कोलम्बियाका लागि लुइज डाइजले एक गोल गरे।

डाइजले १०औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। ७८औं मिनेटमा फिर्मिनोको गोलसँगै निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो।

थपिएको अतिरिक्त समयमा क्यासिमिरोले निर्णायक गोल गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखे।

ब्राजिल ३ खेलबाट ९ अंक जोड्दै समूहको शीर्षमा छ। कोलम्बिया भने ४ खेलमा एक जित, एक बराबरी र दुई हारसहित दोस्रो स्थानमा छ। उसको चार अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .