ad ad

खेल


ओलम्पिकमा सहभागी खेलाडीलाई गण्डकीको सम्मान भत्ता

ओलम्पिकमा सहभागी खेलाडीलाई गण्डकीको सम्मान भत्ता

नेपालखबर
असार १, २०८० शुक्रबार १६:४७, पोखरा

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रबाट ओलम्पिक प्रतियोगितामा सहभागिता जनाएका खेलाडीहरुलाई सम्मान भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। 

गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आले मगरले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत खेलाडीहरुलाई सम्मान भत्ता दिने घोषणा गरेका हुन्। 

उनले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, क्रिकेट रंगशाला, हाईअल्टिच्यूड प्रशिक्षण  केन्द्रलगायत पूर्वाधारको लागि ७ करोड ५५ लाख विनियोजन गरिएको जानकारी दिए। 

गण्डकीमा ओलम्पिक प्रतियोगितामा सहभागिता जनाएका ७ जना खेलाडी रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .