ad ad

खेल


पोर्चुगलमाथि कोरियाको रोमाञ्चक जित, दुवै नकआउटमा

पोर्चुगलमाथि कोरियाको रोमाञ्चक जित, दुवै नकआउटमा

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार २२:४८, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गत समूह एचको शुक्रबार भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ।  

शुक्रबारको खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाको गोलमा पोर्चुगलले अग्रता लिएको थियो।  तर २७ औं मिनेटमा कोरियाले गोल फर्कायो।

किम योङग्वोनले गोल गर्दै खेल बराबरी गरेका थिए। खेलको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हिचाङले  निर्णायक गोल गरेका थिए। 

यद्यपि हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा नकआउट चरणमा पुगेको छ। 

गत विश्वकपमा जर्मनीलाई २–० ले हराउँदै सनसनी मच्चाए पनि दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने बलियो मानिएको पोर्चुगललाई हराएर पोर्चुगलसँगै नकआउट चरणमा पुगेको हो। 

समूह विजेता बनेको पोर्चुगलले समूहका दुई खेलमा जित हात पार्दै ६ अंक जोडेको छ। उपविजेता बनेको दक्षिण कोरियाले भने ४ अंक हात पारेको छ।

समूहको तेस्रो स्थानमा रहेको उरुग्वेले दक्षिण कोरियासँग समान अंक र गोल अन्तर भए पनि गरेको गोलको आधारमा उरुग्वे समूह चरणबाटै बाहिरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .