ad ad

खेल


फरवार्ड जिमेनेजलाई समेट्दै मेक्सिकोको विश्वकप खेल्ने टोली घोषणा

फरवार्ड जिमेनेजलाई समेट्दै मेक्सिकोको विश्वकप खेल्ने टोली घोषणा

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ११:९, काठमाडौँ

गत अगष्टदेखि क्लब फुटबल नखेलेका वुल्भ्सका फरवार्ड राउल जिमेनेजलाई समेट्दै मेक्सिकोको विश्वकप खेल्ने टोलीको घोषणा भएको छ। 

कम्मरका चोटका लागि टोलीबाहिर रहेका ३१ वर्षीय जिमेनेजले यो सिजनमा वुल्भ्समा ४ खेल मात्र खेलेका छन्। 

वुल्भ्सका प्रशिक्षक जुलेन लोपेटेगुईले खेलाडीको निर्णयलाई सम्मान गर्ने तर अझै पनि “चिन्तित” रहेको बताएका छन्।

मेक्सिकोका लागि ९४ खेलमा २९ गोल गरेका जिमेनेज प्रिमियर लिगका एक मात्र खेलाडी हुन्। टोलीमा नेपोलीका फरवार्ड हिरभिंग लोजानो र अजाक्सका  एडसन अल्भारेज र जर्ज सान्चेज समावेश छन्।

मेक्सिको टोली
गोलकिपर : गुइलेर्मो ओचोआ (क्लब अमेरिका), अल्फ्रेडो तालाभेरा (जुआरेज), रोडोल्फो कोटा (लियोन)

डिफेन्डर : जर्ज सान्चेज (आजाक्स), केभिन अल्भारेज (पाचुका), नेस्टर अराउजो (क्लब अमेरिका), जोहान भास्क्वेज (क्रेमोनीज), हेक्टर मोरेनो (मोन्टेरे), सेजर मोन्टेस (मोन्टेरे), जेरार्डो आर्टेगा (जेन्क), जेसस ग्यालार्डो (मोन्टेरी)

मिडफिल्डर : एन्ड्रेस गार्डाडो (रियल बेटिस), हेक्टर हेरेरा (ह्युस्टन डायनामो), चार्ली रोड्रिग्वेज (क्रुज अजुल), एरिक गुटिएरेज (पीएसभी आइन्डहोभन), लुइस चाभेज (पाचुका), एडसन अल्भारेज (आजाक्स), ओरबेलिन पिनेडा (एईके एथेन्स), लुइस रोमो (मोन्टेरे)

फरवार्डः एलेक्सिस भेगा (ग्वाडालाजारा), हिर्भिङ लोजानो (नापोली), राउल जिमेनेज (उल्भ्स), रोबर्टो अल्भाराडो (ग्वाडालाजारा), उरियल एन्टुना (क्रुज अजुल), हेनरी मार्टिन (क्लब अमेरिका), रोजेलियो फ्युनेस मोरी (मोन्टेरी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .