ad ad

खेल


विश्वकपमा प्रिमियर लिगका खेलाडीको वर्चस्व

विश्वकपमा प्रिमियर लिगका खेलाडीको वर्चस्व

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १६:४७, काठमाडौँ

आइतबारदेखि सुरु हुने फुटबलको महाकुम्भमा सहभागी हुने ३२ देशले २६ सदस्यीय विश्वकप खेल्ने टोलीको घोषणा गरिसकेका छन्। 

विश्वकपको उद्घाटन नोभेम्बर २० मा कतारमा हुनेछ। कतार विश्वकपका लागि प्रिमियर लिगदेखि यूएई प्रो लिग खेल्ने ८३२ खेलाडी तथा ५६ घरेलु लिग खेल्ने ३०२ खेलाडी विश्वकपको हिस्सा बन्दै छन्। 

इक्वेडरका गोलरक्षक हर्नान ग्यालिन्डेजसँगै सान्टियागो, चिलीका खेलाडीहरु करिब १५ हजार किलोमिटरभन्दा टाढाको दूरी पार गर्दैै विश्वको सबैभन्दा ठूलो मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्न कतारको दोहा पुगेका छन्। 

विश्वकपमा घोषित टोलीलाई हेर्दा आयोजक कतार र साउदी अरेबिया मात्र यस्ता टोली हुन् जसको २६ सदस्यीय टोलीमा घरेलु लिग खेल्ने खेल्ने खेलाडी मात्र छन्। कतार स्टार्स लिगका धेरै खेलाडीले यो प्रतियोगितामा सहभागिता जनाउनेछन्। 

साउदी अरेबियाको टोलीमा रहेका २६ खेलाडीमध्ये २४ खेलाडीहरु साउदी प्रो लिगबाट आएका छन्। बाँकी दुई खेलाडी दोस्रो डिभिजनका हुन्। 

इंग्ल्याण्डका २६ खेलाडीमध्ये २५ खेलाडी प्रिमियर लिगका छन्। यो टोलीका मिडफिल्डर जुडे बेलिंघम मात्र इङल्याण्ड बाहिरबाट बुन्डेस लिगामा बोरुसिया डर्टमुन्डको प्रतिनिधित्व गर्ने एक्ला खेलाडी हुन्। 

अन्य कुनै पनि टोलीका घरेलु लिगमा २० भन्दा बढी खेलाडी छैनन्। घरेलु लिगबाट आफ्नो टोलीमा धेरै खेलाडी राख्ने सूचीको चौथो स्थानमा जर्मनी छन्। जर्मनीको टोलीका धेरै खेलाडी बुन्डेसलिगामा आबद्ध छन्। 

कुन लिगका खेलाडी धेरै? 
प्रिमियर लिगलाई विश्वको उत्कृष्ट लिगको रुपमा लिइन्छ। यसमा धेरैको चासो पनि छ। प्रिमियर लिगका १३६ खेलाडीले कतार विश्वकपमा स्पर्धा गर्दै छन्। यस्तै ला लिगा विश्वकपमा सर्वाधिक खेलाडी समावेश भएको दोस्रो लिग हो। 

अन्य १० लिगलाई हेर्ने हो भने विश्वकपमा उनीको स्थान अझ रोचक छ। प्रमुख लिगमा गरेको उच्च प्रदर्शनको कारण धेरै खेलाडीले विश्वकपका स्थान बनाएका छन्। कतार विश्वकपमा यसपटक पाँच युरोपेली लिग, एमएलएस, साउदी प्रो लिगदेखि कतार स्टार्स लिगसम्मका खेलाडीले स्पर्धा गर्नेछन्। 

यो पटकको विश्वकपमा ईएफएल च्याम्पियनसिपले पनि राम्रो स्थान बनाएको छ। इङिलस लिगका तेस्रो र चौथो वरीयताका लिगका खेलाडीले पनि विश्वकपका लागि घोषित टोलीमा बलियो स्थान बनाएका छन्। 

विश्वकपमा प्रिमियर लिगका १३६, ला लिगाका ८३, बुन्डेस लिगाका ७६, सिरि ए का ६८ र लिग वान का ५४ खेलाडीले स्थान बनाएका छन्। 
मेजर लिग सकरका ३५, साउदी प्रो लिग र कतार स्टार्स लिगमा समान ३३ खेलाडीले स्थान बनाउँदा ईइएफल च्याम्पियनसिपका २६ र लिगा एमएक्सका २३ खेलाडीले विश्वकप खेल्नेछन्। 

कुन क्लबका कति खेलाडी? 
बायर्न म्युनिखका सबैभन्दा धेरै खेलाडीले फिफा विश्वकप खेल्दै छन्। यो पटकको विश्वकपमा बायर्न, म्यानचेष्टर सिटी र बार्सिलोनाका खेलाडीले विश्वकपमा आफ्नो क्षमता देखाउनेछन्। क्लब फुटबलमा सर्वाधिक रुचाइएका र नाम चलेका खेलाडी फुटबलको महासंग्राममा शुक्रबारदेखि भिड्नेछन्। 

बार्यनका १७ खेलाडीले यो विश्वकप खेल्नेछन्। म्यानचेष्टर सिटी, बार्सिलोना र अल–सादका समान १६ खेलाडी यो पटकको विश्वकपमा छन्। म्यानचेष्टर युनाइटेडका १४, रियल मड्रिडका १३ खेलाडीले विश्वकप खेल्नेछन्।

चेल्सी र अल–हिलालका समान १२ तथा टोटनह्याम, पीएसजी, युभेन्टस, बोरुसिया डर्टमुन्ट, अजाक्स र एथ्लेटिको मड्रिडका समान ११ खेलाडी विश्वकपमा छन्। 

विश्वकपबारे थप स्टोरी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .