ad ad

खेल


क्रोएसियाले बिट मार्ला क्यानडाको विश्वकप यात्रा?

क्रोएसियाले बिट मार्ला क्यानडाको विश्वकप यात्रा?

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १२:५४, काठमाडौँ

समूह चरणको पहिलो खेलमा बलियो बेल्जियमलाई कडा टक्कर दिएको क्यानडाले आज साबिक उपविजेता क्रोएसियाको सामना गर्दै छ। राति ९ः४५ बजे खालिफा इन्टरनेसनल मैदानमा हुने खेलमा क्यानडा ऐतिहासिक जित निकाल्न चाहन्छ। 

३६ वर्ष पछि विश्वकपमा फर्किएको क्यानडाले यसअघिको विश्वकपमा समूह चरण पार गर्न सकेको थिएन। यो खेलमा जित निकाले अघिल्लो चरणको सम्भावना बलियो हुन्छ। 

क्यानडाका लागि क्रोएसिया विश्वकपमा नयाँ प्रतिद्वन्द्वी हो। क्यानडा १९८६ मा पहिलोपटक विश्वकप खेलेको थियो। तर त्यसपछिका कुनै पनि विश्वकपमा छनोट भएको थिएन। 

यता क्रोएसियाले अघिल्लो विश्वकपमा ऐतिहासिक नतिजा निकाल्दै पहिलोपटक फाइनलमा पुगेको थियो। फ्रान्ससँग पराजित भएपछि उसको विश्वकप उपाधि चुम्ने सपना पूरा भएको थिएन। 

छैटौं पटक विश्वकपमा सहभागी क्रोएसियाले त्यसअघि १९९८ मा सेमिफाइनलसम्म पुगेको थियो। तर बाँकी तीन विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो। 

पहिलो खेलमा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेलेका थिए। क्यानडा बेल्जियमसँग १–० ले पराजित भएको थियो। आज क्रोएसियाले जिते क्यानडाको यात्रा समूहमै टुंगिने निश्चित हुनेछ। 

बाँकी ३ टोली मध्यबाट २ टोलीले अघिल्लो चरणको यात्रा तय गर्नेछन्। त्यसको छिनोफानो भने अन्तिम चरणका खेलबाट मात्रै हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .