ad ad

खेल


५१ वर्षपछि ट्युनिसियाले फ्रान्सलाई हरायो,  तर छैटौंपटक बाहिरियो समूहबाटै

५१ वर्षपछि ट्युनिसियाले फ्रान्सलाई हरायो,  तर छैटौंपटक बाहिरियो समूहबाटै

नेपालखबर
मंसिर १४, २०७९ बुधबार २२:४७, काठमाडौँ

५१ वर्षपछि ट्युनिसियाले फ्रान्सलाई पराजित गरेको छ।

विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा समूहको बलियो टोली फ्रान्स १–० ले पराजित भएको हो। 

खेलको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे पनि अफसाइड हुँदा ट्युनिसियाले खेल जितेको हो। 

दुई खेलमै नकआउटमा स्थान पत्ता गरेपछि प्रमुख खेलाडीलाई विश्राम दिँदा साविक विजेताले पराजय व्यहोर्नु परेको हो।

पराजयपछि पनि फ्रान्स समूह विजेताका रुपमा नकआउटमा पुगेको छ। ऐतिहासिक जित पछि पनि ट्युनिसिया भने विश्वकपमा पहिलो पटक नकआउटमा पुग्ने सपना पूरा हुन सकेन। समूहकै अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई पराजित गर्दा ट्युनिसियाको सपना चकनाचुर भएको हो। 

ट्युनिसियाको जितमा ५८ औं मिनेटमा वाहबी खज्रीले गोल गरे। पछि परेपछि फ्रान्सले प्रमुख खेलाडीलाई मैदान उतारे पनि ट्युनिसियाको डिफेन्स छिचोल्न सकेन। 

१९७१ मा ट्युनिसियाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो। त्यसपछिका दुई खेल बराबरीमा सकिए पनि २ खेल फ्रान्सले जितेको थियो। 
२००८ मा ३–१ ले पराजित भएको ट्युनिसिया २०१० मा १–१ को बराबरी खेलेको थयो। 

फ्रान्सले सुरुका दुवै खेल जितेको थियो। ट्युनिसिया भने डेनमार्कसँग बराबरी खेलेको थियो।

यसअघिका ५ वटा विश्वकपमा सहभागी भएको ट्युनिसिया सबै विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया छैटौंपटक पनि समूहचरणबाटै बाहिरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .