समूह चरणको अन्तिम खेलमा बेल्जियमलाई बराबरीमा रोक्दै साबिक उपविजेता क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ।
बिहीबार बेलुका भएको खेलमा क्रोएसिया र बेल्जियमले गोलरहित बराबरी खेलेका हुन्।
बराबरीसँगै क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगेको छ। बेल्जियम भने समूह चरणबाटै बाहिरिएको छ। क्यानडालाई २–१ ले पराजित गर्दै मोरक्को समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ।
यसअघि २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियम इङ्ल्याण्डलाई पराजित गर्दै तेस्रो भएको थियो।
समूह चरणमा बलियो मानिएको बेल्जिय दोस्रो खेलमा मोरक्कोसँग पराजित हुँदा घर फर्किने सम्भावना बढेको थियो।
अन्तिम खेलमा क्रोएसियालाई पराजित गरेको भए नकआउटमा पुग्ने अवस्था थियो। १३ औं पटक विश्वकपमा सहभागी बेल्जियले विश्वकपको फाइनलमा पुग्न सकेको छैन।
क्रोएसिया छैठौं पटक विश्वकपमा सहभागी भएको हो। क्रोएसिया गएको विश्वकपमा फाइनलमा पुगे पनि फ्रान्ससँग पराजित भएको थियो।
Shares
प्रतिक्रिया