चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको डेब्यु खेलमा पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा पुगेको थियो। त्यसपछि नकआउटबाट अगाडि बढ्न सकेन।
३७ वर्षीय रोनाल्डोको यो अन्तितम विश्वकप हो। करियरबाट बिदा लिनु अघि उनी टोलीलाई विश्वकप जिताउन चाहन्छन्। कम्तिमा क्वाटर फाइनल उनको लक्ष्य हुनेछ।
स्विट्जरल्याण्ड समूह चरणमा ब्राजिलसँग पराजित भएको थियो भने क्याम?न र सर्वियालाई पराजित गर्दै नकआउटमा स्थान बनाएको हो।
पोर्चुगलले सु?का दुई खेलमा घाना र उ?ग्वेलाई पराजित गरेको थियो। अन्तिम खेलमा दक्षिण कोरियासँग अनपेक्षित पराजित भए पनि समूह विजेता बन्दै स्विट्जरल्याण्डसँगको भेट पक्का गरेको हो।
विश्वकप फुटबलमा पोर्चुगलका लागि स्विट्जरल्याण्ड चिरप्रतिद्वन्द्वी हो। यी दुई टोली पटक पटक भिडेका छन्। अहिलेसम्म २६ पटक भिड्दा ९ पटक पोर्चुगल विजयी भएको छ भने ११ पटक स्विट्जरल्याण्डले जितेको छ। ६ खेल बराबरीमा टुंगिएका छन्।
विश्वकप फुटबलमा दुवै टोली फाइनलमा पुग्न सकेका छैनन्। स्विट्जरल्याण्ड क्वाटरफाइनलबाट माथि जान सकेको छैन भने पोर्चुगल दुई पटक सेमिफाइनलमा पुगेको छ।
१९६६ मा पहिलो पटक सेमिफाइनलमा पुगेको पोर्चुगल २००६ मा सेमिफाइनलमा पुगेको थियो। त्यसपछि अन्तिम १६ र समूह चरणबाटै बाहिरिएको छ।
स्विट्जरल्याण्ड ६८ वर्षदेखि नकआउटबाट माथि जान सकेको छैन। १९५४ मा अन्तिम पटक स्विट्जरल्याण्ड क्वाटरफाइनलमा पुगेको थियो। त्यसपछि ८ पटक विश्वकपमा सहभागी भए पनि नकआउटबाट माथि जान सकेको छैन।
आजको देलमा जो विजयी भए पनि लामो समयपछि क्वाटरफाइनलको यात्रा तय गर्नेछन्। यसअघि २०१८ मा पनि दुवै टोली नकआउटमा पुगेका थिए। पोर्चुगल उ?ग्वेसँग पराजित भएको थियो भने स्विट्जरल्याण्ड स्विडेनसँग पराजित भएको थियो।
270
Shares
प्रतिक्रिया