ad ad

खेल


विश्वकप फुटबलका स्मरणीय गोलहरु

विश्वकप फुटबलका स्मरणीय गोलहरु

नेपालखबर
मंसिर २१, २०७९ बुधबार ८:४६, काठमाडौँ

कतार विश्वकप २०२२ को नकआउट चरणका खेलहरु मंगलबार रातिदेखि सकिएका छन्।

विश्व फुटबलकै महाकुम्भ बनिसकेको विश्वकपको २१ औँ संस्करणसम्म आइपुग्दा यो थुप्रै देश र खेलाडीको एउटा सपना बन्न थालिसकेको छ। 

१९३० मा पहिलो पटक सुरु भएको विश्वकप २०२२ कतारसम्म आइपुग्दा धेरैलाई थाहा नहुन सक्छ यो एक पत्रकारको अवधारणामा सुरु भएको थियो भन्ने बारेमा। फेन्च पत्रकार रोबर्ट गुएरिनको अवधारणामा विश्वकप सुरु भएको थियो।

अहिले यो अन्तर्राष्ट्रिय फुटबललाई जोड्ने एउटा पुल बनेको छ। जसले खेल मन नपराउने मानिसलाई पनि सबै चिन्ता र दुख बिर्साएर आनन्द र एकताको भावना जगाइरहेको छ, जसले फुटबल एउटा खेलमात्र हैन भन्ने तथ्यलाई उजागर गरेको छ। 

सन् १९३० पछि २०२२ सम्म आइपुग्दा विश्वकपमा करिब २७ सय गोलको वर्षा भइसकेको छ। कतार विश्वकप २०२२ को नकआउट चरण सकिँदासम्म १४१ गोल भएको छ। तीमध्ये फ्रान्सका केलियन एम्बापे ५ गोल गर्दै गोल्डेन बुटको दौडमा अघि छन्। उनलाई अर्जेन्टिनाका कप्तान लियोलन मेस्सी, ब्राजिलका रिचार्लिसन र ओलिभर जिरुडसहित ८ खेलाडीले समान ३ गोल गर्दै पछ्याइरहेका छन्। 

विश्वकपमा गोल गर्ने सबै खेलाडीले देशको लागि होस् या व्यक्तिगत कीर्तिमान कायम गरिरहेका छन्। तीमध्ये केही खेलाडीले मात्र विश्वकपमा गोलको कोशेढुङ्गा पार गरेका छन्। यहाँ तिनै खेलाडीको चर्चा गरिएको छ। 

लुसियन लरेन्ट (फ्रान्स) १९३० 


फिफा विश्वकप पहिलो संस्करण उरुग्वेमा भएको थियो। पहिलो संस्करणको उद्घाटन खेलमा फ्रान्स र मेक्सिको भिडेका थिए। सो खेल फ्रान्सले ४–१ ले जितेको थियो। ५ फिट ३ इन्च अग्ला फरवार्ड लुसियन लरेन्टले बक्सको छेउबाट मुभ बनाउँदै भली प्रहार गर्दा विश्वकपमै पहिलो गोल गरेका थिए। विश्वकपमा पहिलो गोल गर्दा त्यहाँको माहोल छुट्टै बनेको थियो। लरेन्टले फ्रान्सका लागि १० पटक खेले र दुई गोल आफ्नो नाममा गरे। 

त्यो लरेन्ट र फ्रान्सका लागि विश्वकपमा पहिलो गोल गियो। उनीहरुले त्यो बेलामा एकअर्कालाई बधाइ दिएका थिए। तर त्यो बेलाको सेलिब्रेसनको अहिलेको खेलाडीको जस्तो थिएन। उनीहरुले नउफ्रिकन बधाइ दिएका थिए। 

एन्जेलो सियाभियो (इटाली) १९३४

एन्जेलो सियाभियो (बाँयाबाट चौथाो)
एन्जेलो सियाभियो विश्वकमा एक सयौँ गोल गर्ने खेलाडी हुन्। इटालियन राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीमध्ये एक उनले  घरेलु भूमिमा चेकोस्लोभाकियालाई हराउँदै पहिलो विश्वकप उपाधि उचालेका थिए। शियाभियोले एक सयौं गोल विश्वकपमा पूरा गर्ने क्रममा आफ्नो ह्याट्रिक पनि गरेका थिए। शियाभियोले त्यो खेलअघि नै इटालीको पहिलो खेलमा संयुक्त राज्य अमेरिका विरुद्ध विश्वकपको इतिहासमा आफ्नो नाम लेखाइसकेका थिए। विश्वकपमा उनले आफ्नो नाममा धेरै कीर्तिमान बनाए। उनले इटालीको पहिलो विश्वकप गोल, विश्वकपमा इटालियनले गरेको पहिलो ह्याट्रिक र प्रतियोगितामा चार गोल गरेर दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए। 

रोबर्ट यंग कोलिन्स (स्कटल्याण्ड) १९५८

रोबर्ट यंग कोलिन्स (अगाडिको पंक्तिको बीचमा)
१९५८ को फिफा विश्वकपमा स्कटल्याण्डका रोबर्टोले विश्वकप फुटबलको पाँच सयौँ गोल गरे। समूह चरणका खेलमा एक जित पनि ननिकालेको स्कटल्याण्ड समूह चरणबाट बाहिरियो। पाराग्वेसँगको खेल हार्दा पनि फरवार्ड कोलिन्सले विश्वकपको कीर्तिमानमा आफ्नो नाम लेखाए। कोलिन्सको त्यो सातौं अन्तर्राष्ट्रिय र फिफा विश्वकपको ५०० औं गोल थियो। 

रोब रेन्सेनब्रिंक (नेदरल्याण्ड्स) १९७८


डच फरवार्ड रोबले सन् १९७८ को विश्वकपमा स्थान बनाउनका लागि संर्घष गरे। त्यो बीचमा उनले जोहान क्रुइफले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए। 

लेफ्ट विङ्गरको रूपमा खेल्ने रोबको यात्रा विश्वकपमा सर्वाधिक गोल गर्ने गोलकर्ताको रुपमा सकियो। फाइनल खेलमा अर्जेन्टिनासँग पराजित भए। विश्वकपमा उनले गरेको पाँच मध्ये एक गोल किर्तिमानी सूचीमा रह्यो। स्कटल्याण्डविरुद्धको खेलमा गरेको गोल १ हजार गोल हो। नेदल्याण्ड्स सजिलै क्वालिफाइ भए पनि उनको गोलले खेल जिताउन भने सकेन। 

क्लाउडियो क्यानिगिया (अर्जेन्टिना) १९९४


१९९४ मा फिफा विश्वकपमा अर्जेन्टिनाले दोस्रो पटक उपाधि जित्दा क्लाउडियोले १५ सयौं गोल गरेका छन्। खेलको २२ औँ मिनेटमा उनले गोल गर्दै विश्वकपको १५ सयौं गोल गरेका थिए। गाब्रियलको फ्रिकीक प्रहार गोलरक्षक पिटरले पन्च गर्दै बचाए पनि त्यसकै रिबाउण्डमा गोल गरेका थिए। 

मार्क्युस अलब्याक (स्वीडेन) २००६


सन् २००६ को विश्वकपमा इङ्ल्याण्डले स्वीडेनविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। स्वीडेनले खेलको दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। स्वीडेनका लागि बराबरी गोल फर्काउादा माक्र्युस अलब्याकले विश्वकपमा २ हजार गोल पूरा गरेका थिए। 
खेलको ५१ औँ मिनेटमा उनले टोबिसले गरेको कर्नर प्रहारलाई उनले हेडर गोल गरेका थिए। राष्ट्रिय टोलीबाट ७४ पटक खेलेका उनले ३० गोल गरेका छन्। 

फख्रेद्दीन बेन युसेफ (ट्युनिसिया) २०१८


फिफा विश्वकप २०१८ मा ट्युनिसियाले एक खेलमा मात्र जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा पानामाविरुद्ध ट्य्निसियाले जित दर्ता गरेको थियो। त्यो जितमा ट्य्निसियाका लागि पुनरागमन गोल गर्दा फख्रेद्दीनले विश्वकपमा २५ सयौं गोल गरेका थिए। 
सन् २०१९ पछि राष्ट्रिय टोलीमा नपरेका उनको त्यो नै अन्तिम अन्तर्राष्ट्रिय गोल भयो। 

मारियो मान्डजुकिक (क्रोएशिया) २०१८


सन् २०१८ को विश्वकपको अन्तिम गोल विश्वकपको २५ सय ४८ औँ गोल थियो। विश्वकपको फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित हुँदा क्रोएशियाका मारियोले अन्तिम गोल गरेका थिए। जुन गोल २०१८ को विश्वकपका लागि अन्तिम थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .