ad ad

खेल


मोरक्कोका नेसिरीले तोडे रोनाल्डोकै अघि उनको कीर्तिमान

मोरक्कोका नेसिरीले तोडे रोनाल्डोकै अघि उनको कीर्तिमान

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १५:१४, काठमाडौँ

पोर्चुगलविरुद्ध निर्णायक गोल गर्ने यौसुफ एन नेसिरीले रोनाल्डोकै अघि उनको कीर्तिमान तोडेका छन्। 

खेलको ४२ औँ मिनेटमा नेसिरीले हेडर गोल गर्दै मोरक्कोलाई ऐतिहासिक जित दिलाउने क्रममा अफ्रिकन टोलीलाई पहिलो पटक सेमिफाइनलमा पुर्याएका थिए। उनले गरेको त्यो हेडर गोल ऐतिहासिक बन्यो।

पोर्चुगलका डिफेन्डर र गोलरक्षकभन्दा निकै माथि उफ्रिएका उनले रोनाल्डोको कीर्तिमान तोडेका हुन्। हेडर प्रहार गर्न नेसिरि २.७६ मिटर उफ्रिएका थिए। 

यसअघि रोनाल्डो युभेन्टसमा रहाँ साम्पडोरियाविरुद्ध हेडर गोल गर्न २.५ मिटर उफ्रिएका थिए। 

खेलपछि मोरक्कोका स्टाइकर नेसिरिले टोलीको ऐतिहासिक जितका लागि खुसी रहेको बताएका थिए। विश्वकपमा नेसिरिले २ गोल गरिसकेका छन्। 

मोरक्कोविरुद्धको खेलमा रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान छिरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .