ad ad

खेल


मेस्सीले भने : मेरा लागि यो अन्तिम विश्वकप हो

मेस्सीले भने : मेरा लागि यो अन्तिम विश्वकप हो

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ११:१०, काठमाडौँ

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले कतारमा चलिरहेको फिफा विश्वकप नै आफ्ना लागि अन्तिम रहेको बताएका छन्। 

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएशियालाई ३-० ले हराएर फाइनलमा स्थान बनाएपछि मेस्सीले यस्तो बताएका हु्न्। 

उपाधि भिडन्त आगामी १८ डिसेम्बरमा हुँदैछ। अर्कातिर अर्जेन्टिनासँग उपाधि भिडन्त पक्का गर्न दोस्रो सेमिफाइनलमा मोरक्को र साविक विजेता फ्रान्स बुधबार राति आमनेसामने हुँदैछन्। 

क्रोएशियाविरुद्ध मेस्सीले जादुयी प्रदर्शन गरे। उनले पेनल्टीमा एक गोल गरे भने जुलियन अल्भारेजलाई एक गोलका लागि पास पनि दिए। 

'म धेरै खुसी छु, विश्वकपमा म आफ्नो यात्रा फाइनल खेलेर समाप्त गर्दैछु। यो धेरै नै सुखद कुरा हो। यस विश्व कपमा जे जति कुरा भएका छन् ती सबै भावनात्मक रहे। साथमा अर्जेन्टिनाबासीले पनि यसको आनन्द लिए। अर्को विश्वकप आउन अझै धेरै समय छ। मलाई लाग्छ अब त्यसका लागि मैदानमा उत्रि सक्दिनँ। यस आधारमा यो विश्वकपको सुखद अन्त्य गर्न चाहन्छु।'

३५ वर्षीय मेस्सीले योसहित पाँचौँ विश्व कप खेलिरहेका छन्। मेसीको फुटबल यात्रा हरेक कोणबाट शानदार रह्यो, उनले हरेक उपलब्धि हाँसिल गरेका छन्। उनको खातामा विश्व कप छैन। मेस्सी यो विश्वकपको उपाधि जित्ने सपना साकार गर्ने तयारीमा छन्। 

मेस्सी कीर्तिमानी सात पटक विश्वका सर्वश्रेष्ठ फुटबल खेलाडी हुन्। साथै उनले एक पटक उनले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको पुरस्कार पनि जितेका छ्न्। 

उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। अघिल्लो वर्ष उनले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि पनि जिताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .