ad ad

खेल


रोनाल्डो रियलमा अनुबन्धित भइसकेका हुन्?

रोनाल्डो रियलमा अनुबन्धित भइसकेका हुन्?

नेपालखबर
पुस १, २०७९ शुक्रबार १४:१८, काठमाडौँ

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि सिधै स्पेन पुगेर पुर्व क्लबमा प्रशिक्षण सुरु गरिसकेका छन्। 

रोनाल्डो आफ्नो पुर्व क्लब रियल मड्रिड स्पोर्टिङ सेन्टर पुगेर प्रशिक्षण सुरु गरेका थिए। यो सँगै उनी रियलमा आवद्ध हुने चर्चाका बिच इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोले रोनाल्डो ७२ मिलियन युरोमा अनुबन्ध भएको बताएका थिए।

खेल जिवनको उत्तरार्धमा रहेका रोनाल्डोले रियलसँग पुनः सम्झौता गरेको खबर सार्वजनिक भएको थियो।

रोनाल्डो रियलमा जोडिएको खबरसँगै साउदी अरेबियन क्लब अल नासारका अध्यक्षले यसबारेमा प्रतिक्रिया दिएका छन्। 

अल नासारका अध्यक्षले एसएससी स्पोर्टस्सँग कुरा गर्दै भने, ‘विश्वकपपछि क्रिस्टियानो व्यस्त छन्, त्यसैले अहिले नै अन्य क्लबसँग समझदारी हुने कुरा मैले आशा गरेको थिईन। हामी अन्य खेलाडीको बारेमा बोल्न चाहान्नौँ, रोनाल्डोले गर्ने जुनसुकै निर्णयको शुभकामना दिन्छु।’

विश्वकप अघि एक अन्तवार्ताका कारण रोनाल्डो विवादमा तानिएका थिए। त्यसअघि नै म्याचेस्टर युनाइटेडसँगको सम्बन्ध खराब रहेको रोनाल्डोको त्यसपछि क्लबसँग झन् दुरी बढ्यो।

क्लब र रोनाल्डोबीचको सम्बन्ध खराब भएपछि दुवैले आपसी समझदारीमा सम्झौता तोडेका थिए। 

युनाइटेडसँगको सम्झौता तोडेपछि विश्वकप अघि नै क्लबविहीन भएका रोनाल्डोलाई साउदी अरेबियन टोली अल नासारले किर्तिमानी रकममा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो।

अल नासारले रोनाल्डोलाई प्रतिसिजन २० करोड युरोमा अनुबन्ध गर्ने प्रयास गरेको थियो। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रोनाल्डो अल नासार जाने बताएपनि रोनाल्डोले सो प्रस्तावलाई अस्वीकार गरेको चर्चा चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .