विश्वकप फुटबलको २२ औं संस्करणको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना आइतबार राति आमनेसामने हुँदैछन्।
सेमिफाइनलमा अर्जेन्टिनाले साविक उपविजेतामाथि सहज जित निकालेको छ।
मोरक्कोसँग दबावमा परे पनि फ्रान्स २-० ले नतिजा आफ्नो पक्षमा पार्दै लगातार फाइनलमा पुग्ने तेस्रो राष्ट्र बन्यो। फाइनलमा दुवै टोलीका लागि एक एक स्टार टाउको दुखाइ बन्न सक्छन्।
फ्रान्सका लागि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई कसरी रोक्ने भन्ने चुनौती हुन्छ। अर्जेन्टिनालाई पनि उस्तै चुनौती हुन् केलियन एम्बाप्पे। जारी विश्वकपमा पनि मेस्सी र एम्बाप्पे सर्वाधिक गोलकर्ता हुन्।
दुवैले समान ५ गोल गरेका छन्।
अर्जेन्टिनाले एम्बाप्पेलाई गएको विश्वकपमा गरेको प्रदर्शनका कारण पनि बिर्सन सक्ने छैन।
अन्तिम १६ को त्यो खेलमा एम्बाप्पेकै कारण अर्जेन्टिना पराजित हुनु परेको थियो। सुरुवाती अग्रता लिएको ग्रिजमनको पेनाल्टी गोल होस् वा पछिपर्दाका निर्णायक २ गोल एम्बाप्पेले अविश्वासनिय प्रदर्शन गरे।
खेलभर नै अर्जेन्टिनी डिफेन्डरलाई तनाब दिए। खेलको ११ औं मिनेटमा मेस्सीले अगाडी बढाएको बल फ्रान्सका मिडफिल्डर पोग्बाले विफल बनाउँदा एम्बाप्पेको पासमा पुग्यो।
आफ्नै डिबक्स बाहिरबाट एम्बाप्पेले बल अगाडी बढाउँदा अर्जेन्टिनाको ४ खेलाडीले पनि रोक्न सकेनन्। डिबक्समा पुगेपछि मार्कस रोजोले एम्बाप्पेलाई लडाए। त्यसपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिए र ग्रिजमनले १३ औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाए।
त्यसपछि पनि अर्जेन्टिनाको पोष्टमा एम्बाप्पेले लगातार आक्रमक बनेका थिए। हरेक पटक जस्तो एम्बाप्पेलाई रोक्न अर्जेन्टिनी डिफेन्डरले खराब ट्याकल नै गर्नु परेको थियो।
अहिलेको अर्जेन्टिनी टोलीका २ मात्रै डिफेन्डर थिए त्यतिबेला ओटामेन्डी र ट्याग्लिफिको। मार्कस रोजो र गाब्रियल मार्काडो थिए अरु २ डिफेन्डर। खेलभर नै उनीहरुको तानावको विषय बने एम्बाप्पे।
४१ औं मिनेटमा एन्जल डिमारियाले फस्ट बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहार फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले रोक्न सकेनन्। पहिलो हाफ १–१ को बराबरीमा सकियो।
दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता बनायो। ४८ औं मिनेटमा मेस्सीको लामो प्रहारलाई मार्काडोले पोष्टको बाटो देखाए।
तर ५७ औं मिनेटमा फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डले डिबक्सबाहिरबाट गरेको प्रहार अर्जेन्टिनी गोल रक्षकले बचाउन नसक्दा अर्जेन्टिनाले अग्रता गुमायो।
त्यसपछि एम्बाप्पे चम्किए। ६४ औं मिनेटमा अर्जेन्टिनी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सहजै गोल गर्दै एम्बाप्पेले फ्रान्सलाई अग्रता दिलाए। ६८ औं मिनेटमा जिरुडको पासमा अनमार्क रहेका एम्बाप्पेले फ्रान्सको अग्रता दोब्बर पारेका थिए।
खेलको अचिरिक्त समयमा सर्जिओ अग्युरोले हेडमार्फत गोल गर्दै ३–४ बनाए पनि त्यसपछि थप गोल गर्न नसक्दा अर्जेन्टिना घर फर्किनु परेको थियो। फ्रान्सले भने दोस्रो पटक विश्वकप जित्यो।
यसपटक उपाधि भिडन्त यी नै दुई टोलीबिच हुनेछ।
के परिवर्तन छ अर्जेन्टिनी टिममा ?
२०१८ को विश्वकप पछि अर्जेन्टिनाले टिममा ब्यापक परिवर्तन गरेको छ। त्यतिबेलाको टिमका लियोनल मेस्सी, एन्जल डिमारिया, ओटामेन्डी, डिबाला, अकुना र ट्याग्लिफिको मात्रै अहिले टिममा छन्।
डिबालाले एक खेलमा मात्रै थोरै समय मौका पाएका छन्। ४ वर्ष पहिले फ्रान्सविरुद्ध सुरुवाती ११ मा खेलाएका मेस्सी र ओटामेन्डी मात्रै दोहोरिन सक्छन्। डिमारिया पछिल्ला खेलमा नै सुरुवाती टिममा छैनन्। अकुना र डिबालाले २०१८ मा फ्रान्सविरुद्ध खेलेका थिएनन्। तर यसपटक अकुना पहिलो रोजाइका लेफ्टब्याक हुन्। ओटामेन्डी सबै खेलमा सुरुवातमा परेका छन्।
नेदरल्याण्ड्सविरुद्ध ५–३–२ को फर्मेसनमा खेलेको अर्जेन्टिनाले अरु खेल ४–४–२ मा खेलेको छ। यसपटक अर्जेन्टिनाको मिडफिल्डमा सेट नै नयाँ छ।
गएको विश्वकपमा मास्चेरानो, बानेगा र पेरेज मिडफिल्डमा थिए। तर यसपटकयी तीनै जना टोलीमा छैनन्। डे पल, म्याक अलिस्टार र इन्जो फर्नान्डेज अर्जेन्टिनाको भरपर्दा मिडफिल्डर हुन्। फ्रान्सविरुद्ध सुरुवातमा डिमारिया र पेरेडेज मध्ये एक जनाले मौका पाउने सम्भावना छ।
आक्रमणमा पनि मेस्सीका सारथी नयाँ हुनेछन्। गोल्डेनबुटको दौडमा रहेका जुलियन अल्भारेजले फ्रान्सविरुद्ध पनि सुरुवात गर्नेमा शंका छैन। गएको विश्वकपमा फ्रान्सविरुद्ध सुरुवात गरेका फरवार्ड त्रिस्टियन पाभार्ड यसपटक टोलीमै छैनन्। सर्जिओ अग्युरोले पनि दोस्रो हाफ खेलेका थिए। उनले पनि शन्यास लिइसकेका छन्।
फागिओ, हिगुइन र मेजा पनि यसपटक टोलीमा छैनन्।
उनीहरुको स्थानमा लौटारो मार्टिनेज, एन्जल कोरेया, पपु गोमज, पाउलो डिबाला जस्ता खेलाडी अर्जेन्टिनाको बेन्चमा रहनेछन्।
गोल रक्षक पनि फेरिएका छन्। अर्मानीको स्थान इमिलियानो मार्टिनेजले लिएका छन्।
फ्रान्सको अग्रपंक्ति पुरानै, मिडफिल्डमा परिवर्तन
अर्जेन्टिनाको मात्रै होइन फ्रान्सको टोलीमा पनि ब्यापक परिवर्तन छ। तर उसको अग्रपंक्ति भने पुरानै छ। फरक यति हो अघिल्लो विश्वकपमा प्रायः बेन्चमा रहने ओसमान डेम्बेले यसपटक सबै खेलमा सुरुवाती रोजाइमा परेका छन्।
फ्रान्सको आक्रमणमा डेम्बेलेसँगै, ग्रिजमन, एम्बाप्पे र जिरुड छन्। एम्बाप्पे र जिरुड गोल्डेन बुटको दौडमा पनि छन्। एम्बाप्पेले ५ गोल र जिरुडले ४ गोल गरेका छन्।
थुराम र कोमन फ्रान्सको बेन्चमा हुनेछन्।
गएको विश्वकपका फ्रान्सका भरलाग्दा मिडफिल्डर पोग्बा र कान्टे यसपटक टोलीमा छैनन्। उनीहरुको स्थान रोबिट, फोफाना र चाउमेनीले लिएका छन्। फ्रान्सको टिम फर्मेसन भने पुरानै छ।
मिडफिल्डर पनि केही नयाँ छन्। राफेल भराने भने यसपटक पनि फ्रान्सको मुख्य डिफेन्डर हुन्। उनी २०१८ मा पनि उम्टिटीसँग थिए। यसपटक उम्टिटी भने टोलीमा छैनन्। पाभार्ड र लुकास हेर्नान्डेज अहिले पनि टोलीमा छन्।
लुकास हेर्नान्डेज यसपटक टोलीमा परे पनि फाइनलमा चोटका कारण उपलब्ध हुने नहुने निश्चित छैन। उनको स्थान थिओ हेर्नान्डेजले लिएका छन्। तर उनीसहित फ्रान्सका ६ खेलाडीले फाइनल गुमाउने सम्भावना छ। थिओ हर्नान्डेज, कोनाटे, चाउमेनी, भराने र कोमनले फाइनल गुमाउने निश्चित भइसकेको छ।
लुकास हर्नान्डेज पनि फर्किने नफर्किने निश्चित छैन। फ्रान्सको टोलीमा फ्ल्यु देखिएकाले फाइनल खेल्ने टोलीको टुंगो छैन।
Shares
प्रतिक्रिया