बाजुरामा आज भूकम्पको धक्का महसुस भएको छ। जिल्लाको बिछिया केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार बिछिया केन्द्रबिन्दु भई आज दिउँसो १:१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रबिन्दु भई तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो। रासस
168
Shares
प्रतिक्रिया