सुदूरपश्चिम


सुदूरपश्चिममा एमालेले गर्‍यो प्रदेशसभा घेराउ

सुदूरपश्चिममा एमालेले गर्‍यो प्रदेशसभा घेराउ

नेपालखबर
जेठ ६, २०८० शनिबार १९:४४, काठमाडौँ

सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभाको रोस्टम घेराउ गरेको छ। 

शनिबार बसेको प्रदेशसभा बैठकमा सबैले शून्य समयमा  बोल्न पाउनुपर्ने भएपनि सभामुखले बोल्न नदिएर संसदीय मर्यादा मिचेको भन्दै एमालेले विरोध गरेको हो।

विशेष समय वा शून्य समय भन्ने प्रष्टता नदिएको भन्दै एमाले सांसदहरूले प्रदेशसभाको वेल घेराउ गरेका थिए।

एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका थिए। 

अहिले पुनः सुदूरपश्चिम प्रदेशसभा जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .